अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

‘नेपालमा कार्टुन हिजो र आज’ पुस्तक विमोचन

बिआरटीनेपाल २०७७ चैत १३ गते ८:३३ मा प्रकाशित

लेखक केशवराज खनालद्वारा लिखित पुस्तक ‘नेपालमा कार्टुन हिजो र आज’ विमोचन गरिएको छ । नेपाल ललितकता प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागले शुक्रबार एक कार्यक्रमको आयोजना गरि पुस्तक विमोचन गरेको हो ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के कर्माचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यबाट पुस्तक विमोचन गरियो ।

कार्टुनिष्ट क्लव अफ नेपालका अध्यक्ष वासु क्षितिज, वरीष्ठ कार्टुनिष्ट अविन श्रेष्ठ, पत्रकार महासंघका महासचिव रमेश विष्ट लगायतले कार्यक्रममा बोल्दै पुस्तकबारे समिक्षा गर्नुभयो ।

महासचिव विष्टले कार्टुन भविष्यका लागि कुने पनि कुराको सन्दर्भ सामाग्री हुने भएकाले यो कार्टुन महत्वपूर्ण भएको बताउनुभयो । उहाँले इतिहासका कतिपय कार्टुनहरू नै अहिले खोज अनुसन्धानका विषयमा सहायक बन्ने गरेको बताउँदै खनालद्वारा लिखित पुस्तक ‘नेपालमा कार्टुन हिजो र आज’ पनि भोलिका लागि इतिहास बन्ने र खोज सामाग्रीको लागि सहायक हुने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू