अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

नेपाल नेत्रज्योति संघले पाँच वर्षमा ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने

बिआरटीनेपाल २०७७ चैत १३ गते ८:१५ मा प्रकाशित

नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ ।नेत्रज्योति दिवसको अवसरमा आज संघले गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभुत स्वास्थ्य सेवामा एकीकृत गर्ने र आगामी पाँच वर्षभित्र ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने बताउनुभएको हो ।

यस्तै हाल सञ्चालनमा रहेका २२ वटा आँखा उपचार केन्द्रहरुलाई सेकेन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने पनि उहाँले बताउनुभयो ।मोतिविन्दुको अलावा दृष्टिदोष, बाल दृष्टिविहिनता, जलविन्दु, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्युनदृष्टि, पूर्नस्थापकीय सेवा सम्बन्धी राष्ट्रिय कार्यक्रमहरु सञ्चालन गरिनेपनि महासचिव चन्दले बताउनुभयो ।

यस्तै इ–हेल्थलाई संस्थागत गर्दै ५ वर्षभित्र आँखा सेवामा मोबाइल हेल्थका आधुनिक प्रविधिको विकास, विस्तार र नियमन गरीने पनि बताउनुभयो । संघको स्थापना २०३५ साल चैत १३ गते भएको थियो । संघले हालसम्म २१ वटा आँखा अस्पताल, १ सय २६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखाको माध्यमबाट देशका विभिन्न ठाउँमा आँखा उपचार सेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू