अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

काठमाडौँ फेरि संसारकै प्रदुषित

बिआरटीनेपाल २०७७ चैत १३ गते ८:१५ मा प्रकाशित

काठमाडौँको हावा फेरि संसारकै प्रदुषित भएको छ । हावाको गुणस्तर तथा प्रदुषण मापन गर्ने स्वीट्जरल्याण्डको आइक्युएआइआरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स विश्वका अन्य सहरभन्दा धेरै अर्थात २ सय ९८ पुगेको छ । काठमाडौँपछि चीनको राजधानी बेइजिङ (१८३) र भारतीय सहर मुम्बईको एयर क्वालिटी इन्डेक्स १ सय ७४ पुगेको थियो ।

एक्युआई ५० सम्म हुनु राम्रो मानिन्छ भने ५० देखि १०० सम्मलाई मध्यम मानिन्छ । एक्युआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २ सयसम्म पुगे सबैका लागि अस्वस्थकर मानिन्छ भने ३ सय पुग्नु भनेको जोखिमपूर्ण मानिन्छ । अमेरिकाको डेट्रोइट सहर एक एक्युआईसहित विश्वकै गुणस्तरीय हावा भएको सहरको रुपमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू