अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

नारायणघाट–बुटवल सडक खण्डको काम समयमै सक्न संसदीय समितिको निर्देशन

बिआरटीनेपाल २०७७ चैत १३ गते ८:१४ मा प्रकाशित

संसदीय समितिले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रवार बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको काम तोकिएको समयभित्रै सम्पन्न हुने गरी सुरु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

पूर्वतयारी विना काम अगाडि बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पूरा गरी तोकिएकै समयभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गर्न निर्देशन दिएको हो । समितिले नेपालमा सञ्चालनमा रहेका आयोजनाहरूको होर्डिङ बोर्डलगायतका प्रतिवेदन अङ्ग्रेजी भाषामा हुँदा आमनागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिले समितिमा रहेका सांसद र कर्मचारीले निकट समयमा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी पूर्वाधार विकास आयोजनाका सम्बन्धमा समितिमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकेका कारण विकासका उपयुक्त मोडेलका बारेमा पूर्वाधार विज्ञसँग समितिले कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको पनि सभापति कल्याणी खड्काले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू