अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

लिबियामा सैन्य कमाण्डरको गोली हानी हत्या

बिआरटीनेपाल २०७७ चैत १२ गते ९:१२ मा प्रकाशित

लिबियामा युद्ध अपराधको आरोप लागेका एक जना सैन्य कमाण्डरको गोली हानी हत्या गरिएको छ ।लिबियाको बेन्गाजी शहरको पूर्वी भागमा गाडीमा सवार सैन्य कमाण्डर महमुद अल वारफल्लीमाथि अज्ञात समुहले गोली प्रहार गरेको थियो ।घटनामा वारफल्लीका भतिज पनि मारिएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

लिबियामा एक प्रभावशाली कमाण्डरको छवी बनाएका वारफल्ली अहिलेका सैन्य कमाण्डर खालिफा हफ्तरसंग निकै बफादार मानिन्थे ।तर उनी पश्चिमा मानव अधिकारवादी संस्था एवं नदेरल्याण्ड्सको द हेगस्थित अन्तराष्ट्रिय अदालतबाट युद्ध अपराधमा खोजिएका संदिग्ध हुन् ।

लिबियामा सन् २०१५ मा भएको संसदीय चुनाव पछी कमाण्डर चुनिएका हाफ्तरको संरक्षणमा रहेका वारफल्ली माथि ४० भन्दा बढी निहत्था बन्दीहरुको साुमहकि हत्या गरेको अभियोग छ । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू