अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

नेपाल मासु, अण्डा र माछामा आत्मनिर्भर भएको घोषणा

बिआरटीनेपाल २०७७ चैत १२ गते ९:०८ मा प्रकाशित

नेपाल पशुजन्य उत्पादन मासु, अण्डा र माछामा आत्मनिर्भर भएको घोषणा सरकारले गरेको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्नु भएको हो । विश्व खाद्य सङ्गठनको मापदण्ड अनुसार वार्षिक उपभोग गर्नुपर्ने परिमाणको उत्पादन देशमै हुन थालेपछि आत्मनिर्भर भएको घोषणा गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतबाट रासायनिक मल उत्पादन गर्ने काराखाना स्थापना गरिने बताउनुभयो । खेर जाने विद्युतको सदुपयोग हुने गरी कारखाना स्थापनाका लागि छुट्टै परियोजना सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले अबको दुई वर्षमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

कृषिजन्य उत्पादन वार्षिक रूपमा वृद्धि भइरहेकोले आगामी ५ वर्षमा निर्यात गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ । पोल्ट्री व्यवसायी टिकाराम पोख्रेलले कुखुराको दाना बनाउने कच्चापदार्थका लागि मात्रै वार्षिक ५० अर्ब बाहिरने गरेकोले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । कुखुराको दानाका लागि भटमासको पिना शतप्रतिशत बाहिरबाट ल्याउनु पर्ने र मकैसमेत ६० प्रतिशत आयात गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू