अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

बिआरटीनेपाल २०७७ चैत १२ गते ८:४१ मा प्रकाशित

ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६ सय ८५ पुगेको हो ।

ब्राजिलमा गत २४ घन्टामा ८९ हजार नौ सय ९२ भन्दा बढी कोरोना भाइरसका संक्रमित विरामी भेटिएका छन् । त्यहाँ गत मंगलबार कोरोना भाइरसको प्रकोपबाट एकै दिनमा तीन हजार दुई सय ५१ जनाको मृत्यु भएको थियो ।

यसअघि यही मार्चको २८ तारिखका दिन यहाँ कोरोना भाइरसबाट दुई हजार आठ सय ४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो ।

ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीले जानकारी दिएका छन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू