अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

६१ वर्षको उमेरमा दुर्गाप्रसादको हातमा नागरिकता

बिआरटीनेपाल २०७७ चैत १२ गते ८:३८ मा प्रकाशित

इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएका तिम्सिनाले जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकताको लागि पुग्नुभएका दुर्गाप्रसादलाई प्रशासकीय अधिकृत देवीचरण फुँयालले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले नागरिकता हस्तान्तरण गर्नुभएको थियो ।

तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाडामा २०१७ साल साउन २० गते जन्म भएको हो । उहाँले नागरिकता पाउँदा आफू खुशी भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू