अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५
| Colorodo: 10:40
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहको केन्द्रीय सदस्यहरूको बैठक भोलि बस्ने भएको छ । बैठक बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने नेताहरूले बताएका छन् । पार्टीमा देखिएको विवाद र नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको नेता जीवनराम श्रेष्ठको भनाइ छ ।
नेकपा एमाले महासचिव ईश्वर पोखरलले गत सोमबार स्पष्टीकरण पत्र पठाउँदै वरिष्ठ नेता नेपालसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई तीन दिनभित्र जवाफ दिन भन्नुभएको थियो ।