अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

२४ घण्टामा नेपालमा थप १ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण

बिआरटीनेपाल २०७७ चैत १२ गते ८:३१ मा प्रकाशित

बितेको २४ घण्टामा नेपालमा थप १ सय २० जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ८ सय ९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १ सय २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७६ हजार ५ सय ९ पुगेको जनाएको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै आइसोलेशनमा बस्नेको सङ्ख्या पनि बढेको छ । हिजोसम्म एक हजार १ सय ८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा बितेको चौबीस घण्टामा थपिएकासँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २ सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

बितेको २४ घण्टामा ८५ जना भने कोरोना सङ्क्रमणमुक्त भएका छन् । निको भएका कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार २ सय ७२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू