अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

कोभिड १९ संक्रमण रोक्न सरकारको ९ बुँदे निर्णय, राति ९ बजेपछि जमघटमा रोक

बिआरटीनेपाल २०७७ चैत १२ गते ८:२८ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण फैलिन नदिन ९ बुँदे निर्णय गरेको छ । मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई सक्रिय गराउँदै राति ९ बजेपछि हुने सबैखाले कार्यक्रम र जमघट बन्द गर्ने लगायतको ९ बुँदे सुझावसहितको निर्णय पेस गरेको हो ।

मन्त्रालयले विशेषगरी तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने निर्णय गरेको छ ।

यस्तै, मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्नुपर्ने लगायत सुझाव दिएको विज्ञप्ति मार्फत जनाएको छ । कोभिड १९ संक्रमण फैलिन नदिन संघीय र स्थानीय तह सक्रिय ढंगले लागि पनुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू