अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८
| Colorodo: 12:23
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ वटा प्रश्न गर्दै स्पष्टीकरण पत्र लेख्नु भएको छ ।पत्रमा नेपालले ओलीबाट आफूलाई आएको स्पष्टीकरण पत्र अध्ययन गर्दा स्वयम् ओलीले आफूलाई जबाफ दिनुपर्ने आवश्यक रहेकाले स्पष्टीकरण पत्र लेख्नु परेको उल्लेख गरिएको छ । नेता नेपालले ओलीले एकताबद्ध एमाले बनाउने आम कार्यकर्ताको चाहना उपेक्षा गरेकोमा जवाफ पनि माग्नु भएको छ ।
नेता नेपालले आफूलाई सोधेको १० बुँदे स्पष्टीकरणको १३ बुँदामा प्रतिस्पष्टीकरण सोध्नु भएको हो । साथै, नेता नेपालले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गर्ने र फागुन २८ गतेको अवैधानिक रुपमा गरिएको निर्णय बदर गर्न प्रधानमन्त्रीले नमान्नुभएको पनि पत्रमा भनिएको छ ।