अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

रोहिङ्ग्या शिविरमा भिषण आगलागी, १५ शरणार्थीको मृत्यु

बिआरटीनेपाल २०७७ चैत ११ गते ७:३३ मा प्रकाशित

दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ । आगलागी भएको स्थानबाट उद्धारकर्ताले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाले जनाएका छन् । रोहिङ्ग्या शरणार्थीले आश्रय लिएको यस ठाउँका हजारौं बाँसले बनाइएका अस्थायी शिविरहरु आगोले डढेर खरानी भएका थिए ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) का प्रवक्ता लुइज डोनोभानले कम्तीमा चार सय जना हराइरहेका र करिब पाँच सय ६० जना घाइते भएको बताउनुभयो । डोनोभानका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । शिविर ध्वस्त भएसँगै शरणार्थीहरु आफ्ना आफन्त र सरसामानको खोजीमा लाग्नुका साथै अरु कैयौं व्यक्तिको रुवाबासी भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू