अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१९ | Colorodo: 23:34

कोरोनाको महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न संसदीय उपसमितिको सुझाव

बिआरटीनेपाल २०७७ चैत ११ गते ७:२९ मा प्रकाशित

कोभिड–१९ सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित संसदीय उपसमितिले १८ बुँदे सुझावसहितको प्रतिवेदन शिक्षा तथा स्वास्थ्य समितिमा पेस गरेको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बुधवार बसेको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समिति सभापति जयपुरी घर्तीलाई प्रतिवेदन बुझाउनुभएको हो ।

उपसमितिले कोभिडसँग सम्बन्धित देशभरका अस्पताल, प्रयोगशाला र क्वरेण्टीनको स्थलगत अनुगमन गरी १८ बुँदे सुझावसहितको प्रतिवेदन तयार पारेको संयोजक श्रेष्ठले बताउनुभएको छ । उपसमितिले कोभिडजस्ता सङ्क्रामक महामारी भविष्यमा पनि आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्नुपर्ने सुझाव दिएको छ ।

यस्तै देशभरका प्रत्येक अस्पतालमा सङ्क्रामक रोगसम्बन्धी निश्चित शय्याको युनिट व्यवस्था गर्नुपर्ने, अस्पतालहरूमा अक्सिजन प्लान्ट राख्नुपर्ने, चिकित्सकको अभाव हुन नदिन चिकित्सक बढुवा प्रणालीमा नीति परिवर्तन र सुधार गर्नुपर्ने, अस्पतालहरूमा दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्नुपर्ने, खुला सीमा भएका ठाउँमा स्थायी स्वास्थ्य परीक्षण केन्द्रको व्यवस्था गर्नुपर्ने सुझाव उपसमितिको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू