अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का– शहरी विकाश मन्त्रालय

बिआरटीनेपाल २०७७ चैत ११ गते ७:२९ मा प्रकाशित

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यस अघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।समितिको बुधबार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्यप्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

समितिका निर्णयहरु सुनाउँदै सभापति कल्याणीकुमारी खड्काले आयोजना पूर्वतयारीका काम सम्पन्न नगरी ठेक्का नलगाउन समितिले ध्यानाकर्षण गराएको छ ।

यस अघि नै मन्त्रालयहरुलाई र सम्बन्धित निकायलाई निर्देशन दिएको विषयमा पुन स्मरण गराउँदै आगामी दिनमा सोही अनुसार प्रक्रिया पुरा गरी आयोजनाको काम अगाडि बढाउन र कडाईका साथ समितिको निर्देशनलाई कार्यान्वयन गरी काम अगाडि बढाउन समिति नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन दिईएको सभापति खड्काले बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू