अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

चैत २० गते काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने

बिआरटीनेपाल २०७७ चैत ११ गते ७:२६ मा प्रकाशित

आसन्न १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा महाधिवेशनकै विषयमा छलफल हुने पनि उहाँले बताउनुभयो । काँग्रेसले भदौ ७ देखि १० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्याङ्क देशभरबाट केन्द्रमा पठाउने काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू