अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ चैत ११ गते ७:२६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय ६३ जनामा भएको आरटी पीसीआर परीक्षणमा १४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हिजो ४ हजार ३२ जनामा भएको परीक्षणमा १८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

आज सम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरेना भाइरस सङक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ५३ जना र कास्कीमा २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय देशमा पुनः कोरोनाका संक्रमितहरु दिनहँु जसो बढ्दै गएका छन् ।

मुलुकमा कोरोनाको संक्रमण बढ्न थालेपछि केही दिनअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले भिडभाड, सभा, जुलुस नगर्न आह्वान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू