अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०८ | Colorodo: 11:23

कोलोराडोको बोल्डर सहरको टेबल मेसाको किंगसुपर्समा नरसंहार मच्चाउने हत्यारा र मृतकहरूको पहिचान

बिआरटीनेपाल २०७७ चैत १० गते ११:१८ मा प्रकाशित

कोलोराडो बोल्डर सहरको टेबल मेसामा रहेको ग्रोसरी स्टोर किंगसुपर्समा गोली हानेर हत्या गर्ने हत्याराको पहिचान खुलेको छ । उनी २१ वर्षीय महमद अल अलिवी अलिसा नै हत्यारा भएको प्रहरीले वताएको छ जसलाई बोल्डर प्रहरीले पक्राउ गरिसकेको छ । उसलाई हिरासतमा लिइएको छ र दश जनाको हत्याको अभियोग लगाइएको बोल्डर प्रहरी विभागका प्रमुख मरिस् हेरोल्डले जानकारी दिएका छन् । महमदले यस्तो किन्न गरे उनको के उद्देश्य थियो भन्ने अहिलेसम्म नखुलेको तर यस विषयमा एफवीआइले अनुसन्धान जारी राखेको वताइएको छ ।

उक्त आक्रमणमा एक प्रहरी अधिकारी सहित दश जनाको निधन भएको थियो । मृतकहरूमा २० वर्षदेखि ६५ वर्षसम्मका मानिस रहेका छन् । बोल्डर पुलिसले दिएको जानकारी अनुसार मर्नेहरूमा  बोल्डर पुलिस अधिकारी एरिक टेली (५१), सुज़ैन फाउंटेन (५९), टेरी लेइकर (५१), डेनी स्ट्रंग (२०), नेवेन स्टैनिसिक (२३), रिक्की ओल्ड्स (२५), ट्रालोना बार्टकोविआक (४९), केविन महोनी (६१), लिन मुर्रे (६२) र जोडी वाटर्स (६५) रहेका छन् ।

२५ वर्षकी रिक्की ओल्ड्स किङ्सुपरकी इम्प्लोयी थिइन उक्त कुराको कन्फर्म उनकी आन्टीले डेनभर पोस्टलाई गरेकी थिइन ।

बोल्डर पुलिस अधिकारी एरिक टेली (५१)

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू