अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

आखिर मिलन पछि बिछोड हुनु नै छ

राकेश कार्की २०७७ चैत १० गते ९:५४ मा प्रकाशित

गजल

आखिर मिलन पछि बिछोड हुनु नै छ
नेताको झगडामा जनताले रुनु नै छ

दुई एकातिर तिहाइ अर्को तिर
फाट्टिएर पनि नदीलाई बहनु नै छ

कार्यकर्ता अब न यता हो न उता
त्यै पनि नेताको गल्तीलाई धुनु नै छ

केही हुन्छ अब सुख पाइन्छ भन्थे
सत्ता मोह छोड्न अब सिकाउनु नै छ

सफा पनि हुन्छ तिम्रो हृदयको भित्र
पवित्र भावनालाई नेताले छुनु नै छ

(६ र ७ अक्षरमा विश्राम )
मार्च १५, २०२१
लस एन्जलस