अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

काँग्रेस तत्काल सरकारमा नजाने सभापति देउवाको भनाई

बिआरटीनेपाल २०७७ चैत १० गते ७:५२ मा प्रकाशित

काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस तत्काल सरकारमा नजाने दोहो¥याउनुभएको छ । आज विराटनगरमा पत्रकारसँगको कुराकानीमा उहाँले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याउनुभएको हो । देउवाले काँग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताउनुभयो ।

काँग्रेसले सरकार बनाउँदैन, सभापति देउवाले विपक्षी पार्टी सरकारमा जाने कुरो नरहेको स्पष्ट पार्नुभयो । देउवाले काँग्रेस सरकारमा नजाने पटक, पटक दोहार्याउँदै आउनुभएको छ ।

यसैबीच, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिन थालेको आरोप लगाउनुभएको छ ।मंगलबार सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित अन्तर्क्रिरया कार्यक्रममा बोल्दै देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै खुलेरै विरोध गर्नुभयो ।

देशभरका जनता कांग्रेस हुने क्रम दैनिक बढिरहेको अवस्थामा प्रहरीले कांग्रेसमा प्रवेश गरेकालाई अनाहकमा पक्राउ गरी हिरासतमा राखेको आरोप लगाउँदै देउवाले प्रहरीले आचरण सुधार्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू