अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

नेपालमा कोरोना सङ्क्रमित लगातार बढ्दै

बिआरटीनेपाल २०७७ चैत १० गते ७:५० मा प्रकाशित

नेपालमा २ दिन यता कोरोना सङ्क्रमित लगातार बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् ।

पछिल्लो समय नेपालमा हरेक दिन १ सय भन्दा कम सङ्क्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता सङ्क्रमितको संख्यामा बृद्धि भइरहेको छ । हिजो १५० जनामा सङ्क्रमण पुष्टि भएको थियो । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि सङ्क्रमण फैलने खतरा बढेको जनस्वास्थ्य विद्हरुले बताउँदै आएका छन् ।
हालसम्म नेपालमा २ लाख ७६ हजार २४४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने २ लाख ७२ हजार ९७ जना निको भएका छन् । हालसम्म कोभिड–१९ बाट नेपालमा ३ हजार १९ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू