अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

बंगलादेशको रोहिंग्या बस्तीमा भीषण आगलागी

बिआरटीनेपाल २०७७ चैत ९ गते ८:२३ मा प्रकाशित

बंगलादेशको कक्स बजारस्थित रोहिंग्या बस्तीमा भीषण आगलागी भएको छ। कक्स बजारको उखियास्थित सोमबार दिउँसो आगालागी भएको हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार त्यहाँ दिउँसो ४ बजेतिर आगलागी भएको हो । घटनापछि ठूलो संख्यामा अग्नि नियन्त्रक टोली उद्वारका लागि खटिएको छ । तर अझै पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी भएको बस्तीमा पाँच हजार परिवार रोहिंग्या बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू