अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 18:50

म्यानमारको सैन्य ‘कू’मा संलग्न ११ जनामाथि ईयूको प्रतिबन्ध

बिआरटीनेपाल २०७७ चैत ९ गते ८:१९ मा प्रकाशित

म्यानमारमा सैन्य ‘कू’मा संलग्न ११ जना अधिकारीमाथि यूरोपियन यूनियन ईयूले प्रतिबन्ध लगाउने भएको छ । सैन्य ‘कू’ मा संलग्न भएका र प्रदर्शनकारीमाथि दमन गर्नेहरूलाई प्रतिबन्ध लगाउन लागिएको बताइएको छ । बेल्जियमको ब्रसेल्समा ईयूका परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी ईयूका वैदेशिक मामिला प्रमुख जोसेफ बोरेलले यस विषयमा जानकारी गराउनुभएको हो ।

बैठकले ती अधिकारीहरूको नाम औपचारिक रुपमा तय गरेपछि मात्र सार्वजनिक गरिने गर्नेछ । यसका साथै म्यानमारको सेनाको व्यापारिक कारोबारलाई लक्षित गर्दै छिटै नै कडा कदम चाल्ने बताइएको छ ।

म्यानमारमा गत फेब्रुअरी १ नेतृ आङ साङ सूचीसहित अन्य नेताहरुलाई नियन्त्रणमा लिई सत्ता हातमा लिएको थियो । उनीहरूको रिहाइ र प्रजातन्त्र पुर्नवहालीको माग गर्दै जारी प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा १ सय ५० भन्दा प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू