अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

कतारमा आप्रवासी श्रमिकमाथि दुर्व्यवहार, कारबाही गर्न एमनेस्टीद्वारा फिफालाई पत्र

बिआरटीनेपाल २०७७ चैत ९ गते ८:१८ मा प्रकाशित

मानवअधिकारसम्बन्धी संस्था एमनेस्टी इन्टरनेशनलले कतारमा २०२२ मा हुन लागेको विश्वकप फुटबलका छनोट खेलहरू सुरु हुनु अगाडि आप्रवासी श्रमिकहरूमाथि भएको दुर्व्यवहारविरुद्ध कतारका अधिकारीहरूलाई कारबाही गर्न माग गरेको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई लेखिएको पत्रमा एम्नेस्टीले मानवअधिकारका जोखिमहरूलाई रोक्न, न्यूनीकरण गर्न र समाधान गर्नका लागि आफ्नो जिम्मेवारी अनुरूप गर्न र कतारलाई आफ्नो श्रम सुधारका कार्यक्रमहरू विश्वकप प्रारम्भ हुनुभन्दा अगावै पूरा गराउन दबाव दिन आह्वान गरेको हो ।

पत्रमा एमनेस्टीले विश्वकप आयोजना गर्ने सम्झौता भएपछि गरिएको छानविनको प्रतिक्रियामा सकारात्मक सुधारहरू देखिए पनि आप्रवासी श्रमिकहरूमाथि भएको शोषण र दुर्व्यवहार जारी रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू