अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

छिटो निर्वाचन नै राजनैतिक समस्याको समाधानः पूर्व मन्त्री साउद

बिआरटीनेपाल २०७७ चैत ९ गते ८:१७ मा प्रकाशित

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री एन पि साउदले छिटो निर्वाचनबाट नै देशको विद्यमान राजनीतिक गतिरोधको अन्त्य हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले आज लमहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले राष्ट्रिय सहमतिको आधारमा निर्वाचनमा जान सकिने बताउनुभयो ।

नेता साउदले नेपाली काङग्रेश अरु पार्टिको नेतृत्वको सरकारमा सहभागि नहुने तर आवश्यक परेमा एमाले बाहेक अन्य दलसँग मिलेर काङ्ग्रेशको नेतृत्वमा सरकार बन्न सक्ने उहाँको भनाइ छ । अब जुन दलको नेतृत्वमा सरकार बने पनि त्यो सरकार दुई वर्षसम्म नटिक्ने भन्दै उहाँले छिटो निर्वाचनको बिकल्प नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू