अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

३८ देशका भू–उपग्रह सहित रसियाको सोजुय यानलाई अन्तरिक्षमा पठाईयो

बिआरटीनेपाल २०७७ चैत ९ गते ८:१२ मा प्रकाशित

रसियाको सोयुज अन्तरिक्ष यानलाई ३८ वटा विदेशी भूउपग्रह लिएर अन्तरिक्ष पठाइएको छ । कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रसियाका अधिकारीहरुले जनाएका छन् ।विगतमा प्राविधिक कारणले दुई पटक स्थगित गरिएको उडान सोमबार (आज) सफल भएको रुसी अन्तरिक्ष निकाय रोसकोसमोसले जनाएको छ । अन्तरिक्ष पठाइएका भूउपग्रहहरू दक्षिण कोरिया, जापान, क्यानडा, साउदी अरेबिया, जर्मनी, इटाली र ब्राजिल समेत १८ वटा मुलुकका छन् ।

अन्तरिक्षमा प्रक्षेपण गरिएका भूउपग्रहमध्ये ट्युनिसिया आफैँले विकास गरेको भूउपग्रह समेत रहेको छ । यो उपग्रह टेल्नेट दूरसञ्चार समूहले तयार पारेको हो । सोभियत संघको पतनपछि रसियाको अन्तरिक्ष कार्यक्रमले धेरै किसिमका समस्या झेल्नु परेको छ ।

खासगरी अन्तरिक्ष अभियानमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढेको छ भने रुसी अन्तरिक्ष कार्यक्रममा भ्रष्टाचार चुलिएको र प्रविधिगत सुधारमा कमी भएको आरोप लाग्दै आएको छ । सन् २०१८ मा रसियाली र अमेरिकी नासाका अन्तरिक्ष यात्री बोकेर उडेको एउटा सोयुज यानमा प्राविधिक गडबढी देखिएपछि सबै यात्री आपतकालीन रुपमा सकुशल पृथ्वीमा अवतरण गरेका थिए ।

AppleMark

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू