अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

कृषिमा वैदेशिक लगानी भित्राउनेबारे कार्यविधि बनाइँदैः मन्त्री अर्याल

बिआरटीनेपाल २०७७ चैत ९ गते ८:०६ मा प्रकाशित

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले कृषिमा वैदेशिक लगानी भित्राउनेबारे कार्यविधि बनाउन बाँकी नै रहेको बताउनुभएको छ । ललितपुरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले साना किसानको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडिआई’ आवश्यक रहेकोमा जोड दिनुभयो । सरकारले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र ‘एफडिआई’ लागु गरिने उहाँको भनाइ छ ।

वैदेशिक लगानी भित्राउने सन्दर्भमा चिन्ता चासो व्यक्त गर्नु स्वभाविक भएको तर धेरै आशंका गरेर विकासका कामहरु रोक्नु राम्रो नहुने बताउनुभयो । सरकारले साना किसानलाई मार्नेगरी विदेशी लगानी भित्राएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको मन्त्री अर्यालको भनाई थियो । कृषिमा वैदेशिक लगानी भित्राउनेबारेको कार्यविधिका लागि आवश्यक अध्ययन र छलफल गरेर मन्त्रालयलाई सल्लाह सुझाव दिन पनि मन्त्री अर्यालले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू