अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत निको

बिआरटीनेपाल २०७७ चैत ८ गते ८:१० मा प्रकाशित

विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत निको भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६ सय २९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ९६ दशमलव ८ प्रतिशत अर्थात् ६१ हजार ७ सय ७३ जना निको भएका छन् । समितिका अनुसार यो हप्ता जापान, भारत, साउदी अरब, कतार, यूएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संङ्क्रमण देखिएको छ ।

यो हप्ता कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप एक जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जिव सापकोटाका अनुसार यो हप्ता साउदी अरबमा एकजना नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो । यस्तै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू