अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने ‘वाइसीएल’ को निर्णय

बिआरटीनेपाल २०७७ चैत ८ गते ८:०७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ ।चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने निर्णय गरेको हो ।

त्यस्तै वाईसीएलले ०७८ साल जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको वाईसीएलले जनाएको छ । राष्ट्रिय भेलाका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट प्रतिनिधि छनोट गरिने पनि वाईसीएलले जनाएको छ ।

बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समिति १६१ सदस्यीय हुने तय गरेको छ ।त्यस्तै वाईसीएलका हालसम्मका सबै समितिलाई भेला आयोजक समितिमा रुपान्तरण गरेको छ । वाईसीएलको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले एकाधिकारवादी, तानाशाही र गैरकम्युनिष्ट चरित्र देखाएको भन्दै खेद व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू