अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

सरकारले लियो ९० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण

बिआरटीनेपाल २०७७ चैत ८ गते ८:०७ मा प्रकाशित

सरकारले चालु आर्थिक वर्षको सात महिनामा साढे ९० अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघ मसान्तसम्म ९० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण लिएको हो । सङ्घीय सरकारले २० अर्ब पाँच करोडको ट्रेजरी बिल र ७० अर्ब रुपैयाँको विकास ऋणपत्र गरी कुल ९० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा राजस्वबाट आठ अर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ बेहोर्ने उल्लेख गरेको थियो । अपुग रकममध्ये वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ र दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने बजेटमा उल्लेख छ । दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य रहेकोमा सरकाले सात महिनामा ९० अर्ब ५० करोड रुपैयाँ लिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू