अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

टोकियो ओलम्पिक र पाराओलम्पिकमा विदेशी समर्थकलाई प्रवेश निषेध

बिआरटीनेपाल २०७७ चैत ८ गते ८:०४ मा प्रकाशित

जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पाराओलम्पिकमा विदेशी समर्थकलाई प्रवेश निषेध गरिएको छ ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र पाराओलम्पिक कमिटीले शनिबार विदेशी समर्थकलाई रंगशाला प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै विदेशी समर्थक अनुमति नदिने निर्णय गरिएकोे हो ।

कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाइ २३ देखि अगस्ट ८ सम्म हुनेछ । विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ । पाराओलम्पिकको औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । ओलम्पिकमा ३३ खेलमा कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू