अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६
| Colorodo: 07:21
सरकारले जापानले दिने १ अर्ब ८ करोड बराबरको वस्तुगत सहायता अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारले उपलब्ध गराउने करिब १ अर्ब ८ करोड रुपैयाँ बराबरको नसर्ने रोगको निदान र उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण वस्तुगत सहायता अनुदान स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ ।
त्यस्तै बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको अध्यक्ष पदमा डढेलधुराका विनोदकुमार जोशी र नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल तामाङलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री गुरुङ्गले जानकारी दिनुभयो ।