अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

फ्रेन्च लिग – मोनाकोद्वारा इटियनमाथि जीत, जर्मन बुन्डेसामा आरबी लेप्जिङ विजयी

बिआरटीनेपाल २०७७ चैत ७ गते ८:२८ मा प्रकाशित

फ्रेन्च लिग वानमा मोनाकोले सेन्ट इटियनमाथि ४–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा इटियनले घरेलु मैदानमै फराकिलो अन्तरले पराजित व्यहोरेको हो । नतिजासँगै मोनाको फ्रेन्च लिग वानमा ५९ अंक जोड्दै चौथो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको लिलीको ६३ अंक रहेको छ । दोस्रो स्थानको पीएसजी र ओलम्पिक लियोनको समान ६०–६० अंक रहेको छ ।

यस्तै गएराति नै भएको जर्मन बुन्डेसा लिगा फुटबलमा दोस्रो स्थानमा रहेको आरबी लेप्जिङ विजयी भएको छ । लेप्जिङले अर्मानिया बेलफ्रिडलाई १–० गोल अन्तरले पराजित गरको हो । जीतसँगै दोस्रो स्थानको लेप्जिङले शीर्ष स्थानको बार्यन म्युनिखसँगको अंक दूरी एकमा झारेको छ । २५ खेलमा बार्यनले ५८ अंक बनाउँदा लेप्जिङले २६ खेलबाट ५७ अंक बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू