अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

सेन्ट्रल कन्ट्रयाक्टमा रहेका महिला क्रिकेटरले श्रेणीअनुसार मासिक पारिश्रमिक पाउँने

बिआरटीनेपाल २०७७ चैत ७ गते ८:२१ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई यसै साता पारिश्रमिक बापतको रकम दिने भएको छ ।क्यानका सचिव अशोकनाथ प्याकुरलेका अनुसार महिला क्रिकेट खेलाडीले दुई–चार दिन भित्रै पाश्रिमिक बापतको रकम पाउनेछन् । पारिश्रमिक उपलब्ध गराउनका लागि खेलाडीको कागजात संकलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

महिला खेलाडीलाई क्यानले पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो । गत असोजको पहिलो साता चितवनमा बसेको क्यानको बैठकले पहिलो पटक महिला खेलाडीको वर्गीकरण गरेको थियो । खेलाडीलाई वर्गीकरणमा राखेको करिब ६ महिनापछि महिला खेलाडीले पहिलो पटक पारिश्रमिक पाउन लागेका हुन् ।

क्यानले ६ महिनाका लागि खेलाडीलाई कन्ट्रयाक्ट दिएको थियो । महिला खेलाडीलाई क्यानले ‘ए’ , ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरेको थियो । ‘ए’ श्रेणीमा रहेका खेलाडीले मासिक १५ हजार, ‘बी’ मा रहेका खेलाडीले १२ हजार र ‘सी’ का खेलाडीले मासिक १० हजार पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू