अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

पर्यटन व्यवसायलाई उकास्न सरकारले चासो नदिएको पोखराका व्यवसायीको गुनासो

बिआरटीनेपाल २०७७ चैत ७ गते ८:२० मा प्रकाशित

आफू्हरू उठ्नै नसक्ने गरी थला परे पनि सरकारले उकास्नका लागि काम नगरेको भन्दै पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस नाट्टाको पोखरामा शनिबार भएको साधारणसभामा सहभागी व्यवसायीले पर्यटन क्षेत्र उकास्नका लागि सरकारी पहल नहुँदा आफूहरू निरास बनेको बताएका हुन् ।

कोरोनाको मारमा परेका धेरै क्षेत्र ब्यूँतिएको भए पनि पर्यटन क्षेत्र भने अझै शून्यकै अवस्थामा रहेको पर्यटन उनीहरूको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले अब सबै प्रदेशसम्म हवाई सेवा सुचारु गरेर पोखरासँग पहँुच बढाउने तयारी भएको बताउनुभयो । उहाँले आगामी असारसम्म गण्डकी प्रदेशको पोखराले बाँकी ६ वटा गन्तव्यसम्म पहुँच बिस्तारको तयारी गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू