अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसाद तिम्सिना जेलमुक्त

बिआरटीनेपाल २०७७ चैत ७ गते ८:१२ मा प्रकाशित

कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा धेरै समयदेखि भारतको कारागारमा थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना ९दीपक० जेलमुक्त हुनुभएको छ । माई नगरपालिका–१० लुम्बाकका तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ पर्नुभएको थियो । उहाँमाथिको आरोप प्रमाणित भने भएको छैन । दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

उहाँलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार आदेश दिएको थियो । नेपालबाट उहाँका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि कोलकाताको दमदम कारागारले मुक्त गर्ने प्रक्रिया शुरु गरेर आज जेलमुक्त गरेको हो । भाइ प्रकाशचन्द्र र कोलाकातामा रहेको नेपाली महावाणिज्य दूतका निजी सचिव सतिश थापाको रोहबरमा दुर्गाप्रसादलाई कारागारमुक्त गरेको हो । मुद्दा दर्ता भए पनि प्रहरीले अदालतको सुनुवाइ बिना नै दुर्गाप्रसाद तिम्सिनालाई जेलमा राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू