अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

“प्रतिनिधि सभाले बिस्तारै लय समात्ने छ” – सभामुख सापकोटा

बिआरटीनेपाल २०७७ चैत ७ गते ८:११ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले बिस्तारै लय समात्ने बताउनुभएको छ । शनिबार जी.पी.कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

संसद छलफल, बहस, वादविवाद र सम्वाद हुँदै अघि बढ्ने भन्दै उहाँले चुनौतीहरुको सामना गर्न प्रतिकुलतामा पनि अनुकूलता खोज्ने उपायहरु खोजिरहेको बताउनुभयो । संसदको अनेकौ चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू