अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 20:43

चलचित्र पत्रकार संघद्वारा २० लाख रुपैयाँको पत्रकार कल्याणकारी कोष शुभारम्भ

बिआरटीनेपाल २०७७ चैत ६ गते ८:४० मा प्रकाशित

नेपाल चलचित्र पत्रकार संघले पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेको छ । चलचित्र पत्रकार संघ नेपालको २१औँ साधारणसभामा अभियानको शुभारम्भ गरेको हो । संघले २० लाख रुपैयाँको अक्षय कोष खडा गर्ने अभियान शुरु गरेको हो । कोषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने तथा समस्यामा परेका चलचित्र पत्रकारहरूको हितमा काम गर्ने अध्यक्ष दिनेश सिटौलाले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीले कोषको कार्यविधि सहज बनाउन सुझाव दिएका छन् । चलचित्र पत्रकार संघ नेपालको बार्षिकोत्सव जेठ ७ गते कल्याणकारी कोषको औपचारिक घोषणा गरिने महासचिव समिर बलामीले जानकारी दिनुभयो । कल्याणकारी कोष संचालनको लागि कार्यविधि पनि तयार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू