अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

नेपाल सुपर लिगमा चार खेलाडी दुई/दुई लाख रुपैयाँमा अनुबन्ध

बिआरटीनेपाल २०७७ चैत ६ गते ८:३८ मा प्रकाशित

नेपाल सुपर लिग फुटबलका लागि खेलाडीको ‘अक्शन’ अर्थात् अनुबन्धको पहिलो चरणमा चार खेलाडी महँगो मूल्यमा अनुबन्ध भएका छन् । गोलकीपर दीप कार्की, मिडफिल्डर तेज तामाङ र सुनिल बल तथा गोलकीपर विशाल सुनुवार अधिकतम मूल्य दुई लाख रुपैयाँमा अनुबन्ध भएका हुन् ।

दीप कार्की पोखरा थन्डर्स, तेज तामाङ काठमाण्डौ रेन्जर्स, सुनिल बल विराटनगर सिटी र विशाल सुनुवार एफसी चितवनमा अनुबन्ध भएका छन् । तर राष्ट्रिय टिमका स्ट्राइकर जर्ज प्रिन्स कार्की, प्रिजेन तामाङ, कर्ण लिम्बु, दीपक राई भने अनुबन्ध हुन सकेनन् ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाण्डौ रेन्जर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । लिग दशरथ रङ्गशालामा आउँदो वैशाख ११ गतेदेखि २५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू