अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

तान्जानियामा पहिलो महिला राष्ट्रपति

बिआरटीनेपाल २०७७ चैत ६ गते ८:३३ मा प्रकाशित

तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति बन्नुभएको छ ।राजधानी दारेसलाममा सेनाको उपस्थितीमा हसनले शुक्रबार राष्ट्रपति पदको शपथग्रहण गर्नुभएको हो ।तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि उपराष्ट्रपति हसन राष्ट्रपति हुनुभएको हो ।

शपथग्रहण पछि हसनले इमानदार भएर तान्जानियाको संविधानको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।तान्जिनियाको संविधानअनुसार हसनले मगुफुलीको दोस्रो– चरणको बाँकीे अवधिमा काम गर्नेछिन् ।

सो अवधि सन् २०२५ सम्म रहने छ । पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए ।गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका थिए ।

तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँच वर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नेछिन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू