अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल नियुक्त

बिआरटीनेपाल २०७७ चैत ६ गते ८:३२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियक्त हुनुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो पुष्पकमल दाहाल प्रचण्ड तथा माधब नेपाल पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिनुभएको थियो ।

उहाँ निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गर्नुभएको थियो । यसअघि अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो । बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय सचिव पनि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू