अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

माओवादी केन्द्रको सहायक संगठन वाइसिएल ब्युँतियो , जेठ २८–३० मा राष्ट्रिय भेला गर्ने

बिआरटीनेपाल २०७७ चैत ५ गते ८:२५ मा प्रकाशित

माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ । सर्वोच्च अदालतले माउ पार्टी व्यूँताएपछि काठमाडौंमा चैत ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो।

भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताउनुभयो । संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले जानकारी दिनुभयो। बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू