अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण बनिसकेको छैनः नेपाली काँग्रेस

बिआरटीनेपाल २०७७ चैत ५ गते ८:१० मा प्रकाशित

नेपाली काँग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको जनाएको छ । हालको राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पालेको आरोप लागिरहेका बेला काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालीन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण मिलिनसकेको बताउनुभयो ।

उहाँले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको प्रष्ट पार्नुभयो । यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको प्रवक्ता शर्माको भनाई छ । आफैंसँग भएको सांसद सङ्ख्या र अन्य दलहरूभित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले पार्टीले पनि धारणा तय नगरेको उहाँले बताउनुभयो ।

आज सानेपास्थित पार्टी कार्यालयमा भएको एक कार्यक्रममा उहाँले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषण पछि पार्टी निर्णयमा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू