अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

“ओलीलाई प्रधानमन्त्रीबाट हटाउने समय आयो” – प्रचण्ड

बिआरटीनेपाल २०७७ चैत ५ गते ८:०९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने समय आएको बताउनुभएको छ । सिन्धुलीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको दिनगन्ती शुरु भएको बताउनुभएको हो ।

ओलीको प्रतिगामी कदमविरुद्ध खरो रुपमा प्रस्तुत भएको ब्यक्ति नै आगामी अबको प्रधानमन्त्री हुनसक्ने प्रचण्डको भनाइ छ ।प्रधानमन्त्री ओलीसँग ‘गर या मर’ को राजनीतिक लडाईंमा रहनुभएका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग कुनै सहकार्य नगर्ने प्रष्ट पारिसक्नुभएको छ ।

प्रतिगमनविरुद्धको आन्दोलनमा साथ नदिने तथा मौन बस्ने कसैसँग पनि सहकार्य नगर्ने निर्णय प्रचण्डको छ । सिन्धुलीबाट काठमाडौं फर्किए लगतै प्रचण्डले राजनीतिमा तरंग ल्याउने खालको राजनीतिक कदम चाल्ने तयारी गरेको स्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू