अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय

बिआरटीनेपाल २०७७ चैत ५ गते ८:०८ मा प्रकाशित

नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ । पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरुलाई सचेत गराउने निर्णय पनि भएको उहाँको भनाई छ ।

बैठकमा प्रधानमन्त्री एव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र जनवादको अभ्यासका निहुँमा अराजकता बढेको बताउनुभएको थियो । जसले जानेर वा नजानेर यस्ता गतिविधि गरेको छ, पहिला उनीहरुलाई सचेत गराउने र यस्ता गतिविधि नगर्न आह्वान गराउने, अटेर गरे स्पष्टीकरण माग्ने, त्यसो गर्दा नमानेमा विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने ओलीले बताउनुभयो ।

आजको बैठकले एमाले संसदीय दलको २७ सदस्यीय बोर्ड समेत गठन गरेको छ । आजको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू