अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

नेपालमा गत २४ घण्टामा ९४ जनामा कोरोना सङ्क्रमण

बिआरटीनेपाल २०७७ चैत ४ गते ८:१४ मा प्रकाशित

नेपालमा गत २४ घण्टामा ९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण अनुसार आज दुई हजार सात सय ८१ जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा २२ लाख २४ हजार दुई सय ९३ जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार पाँच सय १८ पुगेको छ । नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ३ दशमलब ३८ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू