अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

क्याथोलिक चर्च भन्छ, ‘समलैंगिक सम्बन्धलाई आशिर्वाद दिन सकिन्न, पाप हो’

बिआरटीनेपाल २०७७ चैत ३ गते ८:२७ मा प्रकाशित

रोमन क्याथोलिक चर्चले समलैंगिक सम्बन्धलाई आशिर्वाद दिन नसकिने बताएको छ ।रोमन क्याथोलिकहरुको मुख्यालय भ्याटिकनले जारी गरेको आस्थाको सिद्धान्तमा ईश्वरबाट पापलाई आशिर्वाद दिन असम्भव रहेको उल्लेख छ ।तर सिडिएफमा समलैंगिक सम्बन्धमा रहेका ‘सकारात्मक पक्षहरु’ पनि उल्लेख गरिएको छ ।

गएको अक्टोबरमा रोमन क्याथोलिक चर्चका प्रमुख धर्मगुरु पोप फ्रान्सिसले समयौनिक सम्बन्धलाई आफ्नो समर्थन रहेको बताउनुभएको थियो । आफूमाथि बनेको वृत्तचित्रमा पोप फ्रान्सिसले समलैंगिक सम्बन्धलाई आफ्नो समर्थन रहेको बताउँदै समयौनिक दम्पतीका लागि सिभिल युनियनको व्यवस्था गरी कानूनी संरक्षण प्रदान गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।

यो पोप फ्रान्सिसले समलिंगी सम्बन्धमा गरेको अहिलेसम्मकै स्पष्ट टिप्पणी थियो । तर सिडिएफले समलैंगिक सम्बन्धलाई पुनः पापका रुपमा परिभाषित गरेको हो । भ्याटिकन सैद्धान्तिक मण्डलीले समयौनिक व्यक्तिको सम्मानका नाममा समलैंगिक व्यवहारलाई स्वीकृति वा समयौनिकहरुको विवाह या एकताका लागि आशिर्वाद दिन नसकिने उल्लेख गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू