अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

विदेशीले नेपालमा खर्च गरे झण्डै चार अर्ब, नेपालीले विदेशमा खर्च गरे १९ अर्ब

बिआरटीनेपाल २०७७ चैत ३ गते ८:२६ मा प्रकाशित

विदेशीले नेपालमा गर्ने खर्चमा झण्डै ९२ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी नागरिकबाट नेपालमा ४८ अर्ब एक करोड रुपैयाँ आय भएकोमा यस वर्षको सात महिनामा जम्मा तीन अर्ब ८७ करोड रुपैयाँ मात्रै आय भएको छ ।

नेपालीले विदेश गएर गर्ने खर्चमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सात महिनामा नेपालीले ४३ अर्ब रुपैयाँ विदेश लगेकोमा यो वर्ष ५६ प्रतिशतले घटेर १८ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ । यसमध्ये शिक्षातर्फको खर्च १५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको साता महिनामा भ्रमण व्यय ४३ अर्ब ४९ करोड रहेकोमा शिक्षातर्फको व्यय २० अर्ब ९७ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू