अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

भारतबाट चीन जान चीनमा बनेको कोरोना विरुद्धको खोप लगाउनु पर्ने

बिआरटीनेपाल २०७७ चैत ३ गते ८:२२ मा प्रकाशित

चीनले भारतबाट आफ्नो देश आउन चाहनेका लागि चीनमा बनेको कोरोना विरुद्धको खोप लगाएको हुनु पर्ने शर्त राखेको छ । भारतस्थित चीनिया दुतावासले भारतीय नागरिकलाई यहि मार्च १५ तारिखबाट चीन जानका लागि भिसा दिने प्रक्रिया सुरु गरेसँगै यस्तो शर्त अगाडी सारेको हो । चीनिया दुतावास र वाणिज्य दूतावासमा गएर भिसा प्रक्रियाका लागि सहभागी हुन सक्ने तर चीनमा बनेको कोभिड १८ विरुद्धको खोल लगाएको प्रमाणपत्र समेत आवश्यक पर्ने शर्त राखेको बीबीसीले लेखेको छ ।

चीनमा बनेको खोप नपुगेका वा प्रयोग नगर्ने देशका लागि यस्तो शर्त अघि सारेको बताइएको छ । कोरोना महामारीभन्दा अगाडीको जस्तै आधिकारिक कागजपत्रहरु आवश्यक पर्ने चीनिया दुतावासले जनाएको छ । यात्राभन्दा अगाडी निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्ने र चीन पुगेपछि स्थानीय प्रशासनको निर्देशन अनुसार क्यारेन्टाइनमा बस्नु पर्ने शर्त पनि चीनले अघि सारेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू