अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

नेपालमा थप १ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ चैत ३ गते ८:२१ मा प्रकाशित

नेपालमा थप १ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २ हजार ७ सय ९० मा पिसिआर परिक्षण गर्दा १ सय ४ जनामा कोरोना पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घन्टामा ९४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४ सय ९५ पुगेको छ । कोरोनाबाट निको हुनेको दर ९८ दशमलब ६ प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू